आ.व. २०८२/८३ को बजेट प्रकासन सम्बन्धमा

गौरीशंकर गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन सम्पन्न :

आज मिति २०८३ साल असार ९ गते गौरीशंकर गाउँपालिकाको १९ औँ गाउँसभा अधिवेशन र पालिका स्तरीय उत्कृष्ट स्वास्थ्य सँस्था छनोट तथा सम्मान कार्यक्रम गाउँपालिकाको सभाहलमा गाउँपालिकाका अध्यक्ष श्री विश्वास कार्की ज्यूको अध्यक्षतामा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।उक्त अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष श्री उमालुङ्गेली मगर शेर्पा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरू, गाउँ कार्यपालिका सदस्यज्यूहरू, गाउँसभा सदस्यज्यूहरू, विभिन्न विषयगत समितिका संयोजक तथा सदस्यज्यूहरू, शाखा प्रमुखहरू, कर्मचारीहरू, सञ्चारकर्मीहरू तथा अन्य सरोकारवाला महानुभावहरूको उल्लेखनीय सहभागिता रहेको थियो।गौरीशंकर गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल रु. ५९ करोड ६४ लाख ३८ हजार ५०० (अक्षरेपी उनन्साठी करोड चौंसठ्ठी लाख अठतीस हजार पाँच सय रुपैयाँ मात्र) को बजेट सम्मानित गाउँसभा समक्ष प्रस्तुत गरिएको छ। अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ का लागि गाउँपालिकाले अवलम्बन गर्ने नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको थियो। प्रस्तुत नीति तथा कार्यक्रममाथि गाउँसभा सदस्यहरूबाट रचनात्मक सुझाव, सल्लाह तथा टिप्पणीहरू प्राप्त भएका थिए। गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन, आर्थिक समृद्धि, सामाजिक रूपान्तरण तथा पूर्वाधार विकासलाई केन्द्रमा राखी प्रस्तुत गरिएका कार्यक्रमहरूबारे विस्तृत छलफल सम्पन्न भएको थियो।