३ महिने सिलाइ-कटाइ तालिम

३ महिने सिलाइ-कटाइ तालिम को समापन कार्यक्रम गाउँपालिका

यस गौरीशंकर गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना तथा बुद्ध पार्क महिला समूहको व्यवस्थापनमा सञ्चालन गरिएको ३ महिने सिलाइ-कटाइ तालिम को समापन कार्यक्रम गाउँपालिका अध्यक्ष श्री विश्वास कार्कीज्यू, उपाध्यक्ष श्री उमा लुङ्गेली मगर शेर्पाज्यू, वडा नं. ४ का वडा अध्यक्ष श्री शिवहरी खत्रीज्यू तथा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि र सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको छ। उक्त तालिमले सहभागी महिलाहरूको सीप विकास, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। साथै प्राप्त सीपलाई व्यवहारमा प्रयोग गरी आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुग्ने तथा महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।