“समृद्ध गौरीशंकर गाउँपालिकाको लागि वातावरणिय सन्तुलन सहितको अभियान”

header AD
All wards
आधारभूत जानकारी
सोनाम शेर्पा
9840611963
gaurishankarrm07@gmail.com
मार्बु
Ward statistics
Population 1926
Households 471
Area 114.02
संक्षिप्त विवरण (Short Description)
 गौरीशंकर गाउँपालिका वडा नं. ७ साविक मार्बु गाउँ विकास समितिका सम्पूर्ण वडा नं. १ देखि ९ सम्मका क्षेत्रहरू समेटेर स्थानीय तह पुनर्संरचनापश्चात गठन गरिएको वडा हो। करिब ११४.०२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो वडा गाउँपालिकाको दोस्रो ठूलो क्षेत्रफल भएको वडा हो। यहाँ हाल करिब १,४०९ जना जनसंख्याको बसोबास रहेको छ। विशाल भू - भाग, उच्च हिमाली वातावरण, प्राकृतिक सम्पदाको प्रचुरता तथा जैविक विविधताले सम्पन्न यो वडा गौरीशंकर गाउँपालिकाको पर्यावरणीय, पर्यटकीय तथा प्राकृतिक स्रोतका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ।
 वडा नं. ७ प्राकृतिक स्रोत तथा वन सम्पदाले अत्यन्त धनी मानिन्छ। यहाँका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा विभिन्न प्रजातिका रुखबिरुवा, जडीबुटी, वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन्। वन क्षेत्रले स्थानीय समुदायको जीविकोपार्जन, वातावरणीय सन्तुलन तथा जलाधार संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वनजन्य स्रोतहरूको दिगो व्यवस्थापन तथा संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ, जसले प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षणमा टेवा पुर्‍याएको छ।
 हिमाली दृश्यावलोकन र बहुमूल्य पत्थर (Minerals) को सम्भावना बोकेको वडा।
 नेपाली, तामाङ, शेर्पा र नेवार समुदायको बसोबास रहेको यस वडाको आर्थिक आधार याक/चौंरी पशुपालन, पर्यटन सेवा तथा कृषिमा निर्भर रहेको छ। हिमाली दृश्यावलोकन र बहुमूल्य पत्थर (Minerals) को सम्भाव्यताले भविष्यमा थप आर्थिक अवसर सिर्जना गर्ने देखिन्छ।
 ९८% विद्युतीकरण, कच्ची तथा ग्राभेल सडक संजाल, २ वटा आधारभूत विद्यालय, १ वटा माध्यमिक विद्यालय, १ वटा स्वास्थ्य चौकी।
नक्शा दृश्य (Map View)

Coordinates: 27.73000000° N, 86.32000000° E

Ward departments
Name Phone ई-मेल
वडा 9768768637 gaurishankarrm07@gmail.com