FAQs Complain Problems

समाचार

जन्म दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
आवश्यक कागजातहरु: 

कुनैपनि व्यक्तिको जन्मदर्ता गर्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।

  • आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
  • स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
  • घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।

यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।

प्रक्रिया: 

बच्चाको जन्म दर्ता गर्दा आमा वा बाबु वा परिवारको १८ वर्ष उमेर पुगेको सदस्य सूचक बन्न सक्नेछन् । 

बच्चाको आमा विदेशी भएमा विदेशी भएको प्रमाणसहित उसको बुबाको नेपाली नागरिकताको आधारमा बाबु सूचक रहेर जन्म दर्ता गराउन सकिन्छ । यदि आमाको विवाह दर्ता भएको वा नागरिकता भएमा सोही अनुरुप सूचक रहेर दर्ता गराउन प्रावधान समेत रहेको छ ।

बच्चाको बाबुको ठेगाना पत्ता नलागेमा र अत्तोपत्तो नभएमा, वेपत्ता भएको भन्ने आधिकारिक निकायबाट जारी भएको प्रमाणका आधारमा आमाले आफ्नो माईती तर्फको थर ठेगाना राखेर जन्म दर्ता गराउन सकिन्छ । 

मूलुकी देवानी संहिता,२०७४ बमोजिम वहु विवाह दर्ता नहुने प्रावधान रहेको छ । वालविवाहको हकमा २० वर्ष पुगेपछि मात्रै, उमेर पुगेको मितिमा विवाह दर्ता गर्न सकिन्छ । तर बच्चा जन्मिसकेको अवस्थामा आमा बाबु दुवैको उपस्थितिमा बाबु सूचक भएर जन्म दर्ता गराउन सकिन्छ ।