बागमती प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका नेपालको संबिधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम गरिएको एक भौगोलिक तथा प्रशासनिक इकाई हो|
दोलखा जिल्लाको प्रसिद्ध गौरीशंकर हिमालको नाम बाट यस गाउपालिकाको नाम नामकरण गरिएको हो |यो गाउपालिका ८६१ वर्ग की.मि. को क्षेत्रफ़लमा फैलिएको छ||गौरीशंकर गाउपालिका समुन्द्री सतह दाखि ८९१ मीटर दाखि ७,१३४ मीटर सम्म फैलिएको छ |
आज मिति २०८२/११/२९ गते गौरीशंकर गाउँपालिकाको सभाहलमा आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भइरहेका पालिका स्तरीय जन-स्वास्थ्य कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आज, मिति २०८२ साल फागुन २७ गते, गौरीशंकर गाउँपालिकामा स्थानीय पाठ्यक्रममा आधारित स्थानिय पाठ्यपुस्तक ‘हाम्रो गौरीशंकर विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
आज मिति २०८२ साल फागुन १६ गते गौरीशंकर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन सम्बन्धी IEMIS Software क्षमता विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
गौरीशंकर गाउँपालिकामा मिति २०८२ साल फागुन ४ गते मानव प्यापिलोमा भाइरस (HPV) विरुद्धको खोप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।