FAQs Complain Problems

समाचार

मृत्यु दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
आवश्यक कागजातहरु: 

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

  •        मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  •        मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  •         स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।  
प्रक्रिया: 

मृत्यु दर्ताको सूचकका रुपमा मृतकका बाबु वा आमा, पति वा पत्नी वा छोरा वा छोरी रहन सक्दछन् । उल्लेखित सूचक नभएको प्रमाणित भएमा परिवारको १८ वर्ष उमेर पुगेको परिवारको अन्य व्यक्ति सूचक रहन सक्छन् । विदेशमा कोही नागरिकको मृत्यु भएमा सम्बन्धित मुलुकस्थित नेपाली नियोगबाट प्रमाणित कागजपत्र पेश गरे पश्चात दर्ता गर्न सकिन्छ । सर्जमिन वा आधिकारिक कागजात सहितको प्रमाणको आधारमा सूचकले पेश गरेमा दर्ता गर्न सकिने प्रावधान रहेको छ ।

विदेशी नागरिकको नेपालमा मृत्यु भएमा दर्ता गर्न मिल्दछ । यसका निम्ति  देहाएका कागजातको आवश्यकता पर्दछ ।

  •        मृतकको राष्ट्रियता खुल्ने कागजात,
  •        प्रहरीको रिपोर्ट,
  •        अस्पतालमा मृत्यु भए सो को रिपोर्ट, 
  •        वा नेपालस्थित सम्बन्धित विदेशी नियोगको प्रमाणित कागजात र सिफारिस पेश गर्नुपर्दछ । 
  • कोही नागरिक वेपत्ता भएमा मुलुकी देवानी संहिता २०७४ को दफा ४० बमोजिमको न्यायिक मृत्यु घोषणाको प्रमाण पेश गरेपछि मृत्यु दर्ता गर्न सकिन्छ ।