समाचार
विवाह दर्ता
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
आवश्यक कागजातहरु:
स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।
- दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
- दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
प्रक्रिया:
विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक बन्न सक्दछन् । यदि दुई मध्ये कुनै एक उपस्थित हुन नसकेमा अनुपस्थित हुनेले अधिकृत वारेसनामा लिई दर्ता गराउन सकिनेछ ।
विवाह दर्ता नभई पति वा पत्नी बेपत्ता भएमा अदालतबाट पति पत्नी नाता कायम भएकाृ निर्णयका आधारमा विवाह दर्ता गराउन सकिन्छ ।
नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेको हकमा अदालतबाट दर्ता विवाह गरे पश्चात दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह दर्ता गर्न सकिनेछ ।
विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालस्थित दुतावास वा सो व्यक्तिको देशको नियोगले सिफारिस गरेको कागजात लिएर जानुपर्दछ ।