FAQs Complain Problems

गाउँ कार्यपालिकाको कार्यालय

Read More

गौरीशंकर-हिमाल

Read More

च्छोरोल्पा-हिमताल

Read More

संक्षिप्त परिचय

नेपालको बागमती  प्रदेश अन्तर्गत पर्ने दोलखा जिल्ला अवस्थित गौरीशंकर गाउँपालिका नेपालको संविधान धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका मध्ये एक हो । नेपाल र दोलखा जिल्लाकै प्रसिद्ध गौरीशंकर हिमालबाट यस गाउँपालिकाको नाम रहन गएको हो। प्रसिद्ध च्छो-रोल्पा हिमताल पनि यसै गाउँपालिकाको भूगोल भित्र पर्दछ|

Gaurishankar Rural Municipality is located in Dolakha District, Bagmati Province. It is a local body formed in accordance to Article 295, sub-article 3, of the Constitution of Nepal. It is also home of Mount Gaurishankar, by which the rural municipality derives its name, as well as notable Tsho-Rolpa Glacial Lake, a site to behold on its own as well a popular tourist hotspot.

 यस गाँउपालिका साविकको ७ वटा गाविस अर्थात जुगु, झ्याँकु, सुरी , चंखु, मार्वु , खारे र गौरीशंकर मिलि करिव २५,००० जनसंख्या रहेको, ६८१.३९ ब.कि.मि. क्षेत्रमा ८६.५६ं पुर्व देखी ८६.६५ं पुर्व तथा २७.६५ं उत्तर देखी २७.९७ं र समुद्री सतह ८९१ देखी ७१३४ मिटर सम्म फैलिएको छ । नेपालको समय मापन निर्धारण गरिएको ७१३४ मि. अग्लो हिमालको नाम बाट नामकरण गरिएको यस गाँउपालिका सुन्दर  प्राकृतिक सम्पदा धनि छ । उत्तरमा विश्वको नं.१ विकसित देश चिनको तिब्बत , पुर्वमा सोलुखुम्वुको खुम्बु पासाङल्यामु गा.पा. तथा रामेछापको उमाकुण्ड गा.पा.  ,पश्चिममा विगु गा.पा. तथा कालिञ्चोक गा.पा. र दक्षिणमा बैतेश्वर गा.पा.तथा जिरी न.पा.मा जोडिएको नेपालकै एक नमुना पर्यटन क्षेत्र हो ।  यहा नेपालकै लोपन्मुख जाती सुरेल ,जिरेल तथा थामी  जाती साथै क्षेत्री , वाहुन , तामाङ , शेर्पा , बि.क. , नेपाली , नेवार , गुरुङ , सार्की , मगर जातजातीहरुको वसोवास रहेको स्थल हो ।  चेर्दुङ्ग को लेक देखी तामाकोशीको बगर , गौरीशंकरको सिर देखी  जुगुको भेदीसम्म फैलिएको यो गाउपालिका लेकको फेदिमा कोणधारी वन (जस्तै ः ठिङग्रे , धुपी )  देखी नेपालको राष्ट्रिय फुल लालीगुँरास , चिमाल सम्म पाइन्छ ।

निर्वाचित जनप्रतिनिधि

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
शिक्षा अधिकृत(अधिकृत सातौ )/ सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
आवश्यक कागजातहरुः-

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछ ।

  •        मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
  •        सूचकको सहिछाप सहितको सूचना फाराम,
  •        सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  •        मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  •         स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।  
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
आवश्यक कागजातहरुः-

कुनैपनि व्यक्तिको जन्मदर्ता गर्न देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछ ।

  • आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
  • स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
  • घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।

यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।-
आवश्यक कागजातहरुः-

स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन् ।

  •        दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
  •        दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,

यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।

जानकारी